१५७३ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको पीसीआर परीक्षण गर्दा १० हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको ७३ हजार ३९४ संख्या पुगेको छ ।

याे पनि पढ्नुस  फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज हुँदा हालसम्म निको हुनेको ५३ हजार ८९८ संख्या पुगेको छ ।

देशभर जम्मा सक्रिय सङ्क्रमित १९,०१९ जना रहेका छन् ।

 

आइतबार थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट फ्रान्समा पनि एक जनाको मृत्यु

 

कमेन्ट गर्नुहोस्