काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना

काठमाडौंः काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ । काठमाडौंमा १७ हजार ४८३ ,ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन् ।

उपत्यकामा आइतबार थपिएका संक्रमित संख्या हालसम्मकै दोस्रो उच्च हो । यसअघि असोज २ गते ८५९ जना संक्रमित थपिएका थिए । उक्त दिन देशभर २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै घना बस्ती भएका काठमाडौं उपत्यकालगायतका स्थानमा संक्रमित बढिरहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ ।

संक्रमण ह्वात्तै बढेपछि मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतका ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल गरेको छ । त्यस्ता व्यक्तिहरू घर बाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ । साथै दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन मन्त्रालयको सुझाव छ ।

याे पनि पढ्नुस  अमेरिकी चिडियाखानामा बाघलाई पनि कोरोना सङ्क्रमण

नेपालमा आइतबार थप १५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा जनाको पीसीआर परीक्षण गर्दा १० हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको ७३ हजार ३९४ संख्या पुगेको छ ।

याे पनि पढ्नुस  विश्वप्रकाशको प्रधानमन्त्रीलाई आग्रह, ‘स्वास्थ्यकर्मीलाई स्पष्टिकरण सोध्नेलाई नियन्त्रणमा लिनोस्’

पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज हुँदा हालसम्म निको हुनेको ५३ हजार ८९८ संख्या पुगेको छ । देशभर जम्मा सक्रिय सङ्क्रमित १९,०१९ जना रहेका छन्।

आइतबार थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ । आज ४४ जिल्लामा संक्रमित थपिएका छन् ।

१५७३ संक्रमित थपिए, १० जनाको मृत्यु

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्