राष्ट्रपतिसमक्ष गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुईजना नयाँ आवासीय राजदूतहरुले एक विशेष समारोहकाबीच आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

गणतन्त्र कोरिया राजदूत पार्क चोङ सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भवन, शितलनिवासमा ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्