पञ्जाबविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान, को-कोले पाए प्लेइङ ११ मा मौका?

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आइपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो ।

याे पनि पढ्नुस  आइपीएल : मुम्बईद्वारा चेन्नईलाई १६३ रनको लक्ष्य

यता पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पराजय ब्यहोरे पनि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)माथि भने शानदार जित हासिल गर्न सफल भयो ।

पछिल्लो पटक राजस्थान र पञ्जाब राम्रो लयमा देखिएका छन् । पञ्जाबले आरसीबीसँगको खेलमा २ सय प्लस रन बनाएको थियो ।

याे पनि पढ्नुस  आइपीएलमा कुन कप्तानको तलब कति? (सूचीसहित)

राजस्थानले पनि पहिलो खेलमै सीएसकेलाई २ सयभन्दा बढी रनको चुनौती दिएको छ । राजस्थान र पञ्जाबबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

राजस्थान रोयल्सको प्लेइङ-११ : स्टिभ स्मिथ (कप्तान), जोस बटलर, सञ्जु स्यामसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर, टम कुरान, राहुल तेवतिया र जयदेव उनादकट ।

याे पनि पढ्नुस  डेल स्टेन २ करोडमा विराटको टिममा अनुबन्ध

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सरफराज खान, जिमी नीशम, रवि बिश्नोई, मोहम्मद शमी, निकोलस पूरन, शेल्डन कोट्रेल र मुर्गन आश्विन ।

कमेन्ट गर्नुहोस्