सम्झना हत्याकाण्ड : न्याय माग्दै चैनपुरमा प्रदर्शन

बझाङ : जिल्लाको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आज पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘न्याय कहिले पाउने र’ भन्दै प्रश्न गरेका छन् । बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटामै मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  बझाङमा सुरुङभित्र फसेका ४ मध्ये तीन जना मृत भेटिए

घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ ।

सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा-२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

याे पनि पढ्नुस  कालङ्गा हाईड्राेमा बाढी पस्याे, ठूलाे क्षति

जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहरा नै दोषी रहेको बताए ।

कमेन्ट गर्नुहोस्