आइपीएल : राजस्थानविरुद्ध मयंकले बनाए शानदार शतक

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध किंग्स इलावेन पञ्जाबका ओपनर मंयक अग्रवालले शानदार शतक पूरा गरेका छन् ।

उनले ४५ बलमा ९ चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन् । आइपीएलमा अग्रवाललको यो पहिलो शतक हो ।

याे पनि पढ्नुस  आइपीएल : शतक नबनाउँदै दिल्लीले गुमायो महत्वपूर्ण ५ विकेट

जारी सिजनमा शतक बनाउने मयंक दोस्रो खेलाडी हुन् । यही सिजनमा आरसीबीविरुद्ध पञ्जाबकै कप्तान केएल राहुलले शतक बनाएका थिए ।

राजस्थानविरुद्ध आज पञ्जाब टस हारेर ब्याटिङ गरिरहेको हो ।

कमेन्ट गर्नुहोस्