आइपीएल : पञ्जाबले दियो राजस्थानलाई २२४ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को नवौँ म्याचमा किंग्स इलावेन पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलमा धेरै चौका प्रहार गर्ने ५ क्रिकेटर

उसका लागि मंयक अग्रवालले शतक बनाए । उनले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए । आइपीएलमा अग्रवालको यो पहिलो शतक हो ।

त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए । अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए ।

याे पनि पढ्नुस  आइपीएल : हैदराबादमाथि केकेआरको शानदार जित

आज राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो । उनी दुईबीचको यो साझेदारी आइपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो ।

त्यस्तै, आज पञ्जाबका लागि आज ग्लेन म्याक्सवेलले अविजित १३ र निकोल पूरनले नटआउट २५ रनको योगदान दिए ।

याे पनि पढ्नुस  सन्दीपआवद्ध दिल्लीमा एक बलर घटे, ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो

बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्