आइपीएल : पञ्जाबमाथि राजस्थानको कीर्तिमानी जित

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्स ४ विकेटले विजयी भएको छ ।

पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

उसका लागि सञ्जु स्यामसमले ८५, स्टिभ स्मिथले ५०, राहुल तेबटियाले ५३, रोबिन उथप्पाले ९ र जोफ्रा आर्चरले अविजित १३ रन बनाए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले सर्वाधिक २ विकेट लिए ।

याे पनि पढ्नुस  आइपीएल : केकेआरविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान

योजितसँगै राजस्थानले नयाँ कीर्तिमान बनाएको छ । हालसम्म आइपीएलमा २२४ रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन ।

यसअघि आज टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलको अक्सनमा ‘अनसोल्ड’ भएका चर्चित खेलाडी (सूचीसहित)

उसका लागि मंयक अग्रवालले शतक बनाए । उनले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए । आइपीएलमा अग्रवालको यो पहिलो शतक हो ।

त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए । अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए ।

आज राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो । उनी दुईबीचको यो साझेदारी आइपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो ।

याे पनि पढ्नुस  आइपीएल : हैदराबादमाथि केकेआरको शानदार जित

त्यस्तै, आज पञ्जाबका लागि आज ग्लेन म्याक्सवेलले अविजित १३ र निकोल पूरनले नटआउट २५ रनको योगदान दिए ।

बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्