राष्ट्रपतिद्वारा एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ गरेकी हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।

याे पनि पढ्नुस  अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइनः राष्ट्रपति भण्डारी

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पु¥याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

एसिड पीडितको पक्षमा नयाँ कानुन जारी हुँदै, यस्ता छन् मुख्य ७ व्यवस्था (सूचीसहित)

कमेन्ट गर्नुहोस्