१३५१ संक्रमित थपिए, ७४२ जना मात्रै डिस्चार्ज

काठमाडौंः नेपालमा थप १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८० जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना कहर : मृत्यु हुनेमा मेक्सिको उक्लियो चौथो स्थानमा

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । देशभर सक्रिय संक्रमित संख्या १९ हजार ६२४ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको ४८१ संख्या पुगेको छ ।

कमेन्ट गर्नुहोस्