काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौंः काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाकाे पनि काठमाडौंमा कोरोना ह्वात्तै बढेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ । काठमाडौंमा १८ हजार १३२, ललितपुरमा २ हजार २३१ र भक्तपुरमा १ हजार ९६१ संक्रमित पुगेका छन् ।

लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै काठमाडौं उपत्यकामा संक्रमित बढिरहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । उपत्यकामा असोज २ गते एकैदिन हालसम्मकै बढी ८५९ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोना कहरः तपाईंको प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण उच्च छ । विशेषगरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंक तथा बित्तिय संस्थाको काउन्टरमा कार्यरत कर्मचारी र वृद्धवृद्धामा संक्रमण बढी देखिएको छ । आवश्यक सतर्कता अपनाउन, दुई मिटरको दुरी कायम राख्न मन्त्रालयले आग्रह गरेको छ । लापरवाही गरेमा अवस्था भयावह हुने मन्त्रालयले चेतावनी दिएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट इटालीमा १५० जना चिकित्सकको मृत्यु

सोमबार देशभर सक्रिय संक्रमित संख्या १९ हजार ६२४ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगेमा फेरि लकडाउन गरिने मन्त्रालयले जनाएको छ । पछिल्लो दिनमा संक्रमित बढी र निको हुने संख्या कम छ ।

नेपालमा सोमबार थप १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८० जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

याे पनि पढ्नुस  कोलकातामा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको ४८१ संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५ जिल्लामा संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचारः

१३५१ संक्रमित थपिए, ७४२ जना मात्रै डिस्चार्ज

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्