नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

काठमाडौं : कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएका छन् ।

कृषि मन्त्रालयको सिफारिसमा डा. भण्डारी नार्कको कार्यकारी निर्देशक नियुक्त भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। यस अघि नार्कको उपनिर्देशक थिए ।

तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा भण्डारी नियुक्त भएका हुन् । सँगै मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली

बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्