छोरीलाई ९ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ

धादिङः आफ्नै छोरीको बलात्कार गर्ने बुबालाई प्रहरीले पक्राउ गरी पक्राउ गरेको छ ।

१४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।

याे पनि पढ्नुस  ‘आँप खान बोलाएर भाईले बलात्कार गरे, भाईलाई लखेटेर दाईले बलात्कार गरे’

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बुबाले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौं जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्