प्युठानमा पहिरो खस्दा चालकको मुत्यु

प्यठानः प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ ।

माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका-८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  २० लाख घुस लिँदालिँदै समातिए २ इन्जिनियर

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ ।

कमेन्ट गर्नुहोस्