पूर्वसांसद रायको निधन

सप्तरी : पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ ।

मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

याे पनि पढ्नुस  सुर्ती, कपडा र डिजेल बरामद

पछि उनी तमलोपामा केन्द्रीय सदस्य बनेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय रहेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

कमेन्ट गर्नुहोस्