सञ्जीव उप्रेतीद्वारा पद्मश्री पुरस्कार नलिने घोषणा

काठमाडौं : लेखक सञ्जीव उप्रेतीले पद्मश्री पुरस्कार नलिने घोषणा गरेका छन् । मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने निर्णय गरेका उप्रेतीले पुरस्कार लिने नलिनेबारे सोमबार औपचारिक निणर्य गरेका हुन् ।

आइतबार खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उप्रेतीको उपन्यास ‘हंस’ लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार र ‘पद्मश्री साधना सम्मान’ साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय सार्वजनिक गरेको थियो।

याे पनि पढ्नुस  मोदनाथ प्रश्रितले गरे पद्‍मश्री साधना पुरस्कार नलिने घोषणा

पुरस्कार घोषणालगत्तै सामाजिक सञ्जालमा मोदनाथ प्रश्रितलाई सम्मान गर्ने कुरा विवादित बनेपछि उप्रेतीले नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्