मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

काठमाडौं  : असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।

याे पनि पढ्नुस  बालुवाटरमा मन्त्रिपरिषद्को बैठक, यी विषयमा हुँदैछ छलफल

त्यस्तै बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको बारेमा नियमितझैँ छलफल र निर्णय भएको छ ।

त्यस्तै, नेपाल-इजरायल सरकारबीच दुई देशको हितमा हुने विभिन्न सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यिलाई दिने निर्णय पनि सरकारले गरेको छ ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण १८ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

 

कमेन्ट गर्नुहोस्