मोदनाथ प्रश्रितले गरे पद्‍मश्री साधना पुरस्कार नलिने घोषणा

काठमाडौं : साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णय भएको समाचार सार्वजनिक भएसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै सोमबार उनले पुरस्कार नलिने घोषणा गरेका हुन् ।

‘खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु,’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यो समाचार प्रकाशित भए पश्चात् अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’

याे पनि पढ्नुस  सञ्जीव उप्रेतीद्वारा पद्मश्री पुरस्कार नलिने घोषणा

यसअघि उपन्यास ‘हंस’ का लागि पद्मश्री पुरस्कार पाएका लेखक सञ्जीव उप्रेतीले अर्का लेखक तथा राजनीतिज्ञ प्रश्रितसँगै उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।

लेखक उप्रेतीले प्रश्रितमाथि नेत्री शारदा भुसालले यौन हिंसाको आरोप लगाएको प्रसंग कोट्याउँदै उनीसँग पुरस्कार लिन नसक्ने बताएका थिए ।

सञ्जीव उप्रेतीद्वारा पद्मश्री पुरस्कार नलिने घोषणा

कमेन्ट गर्नुहोस्