झापामा हाँत बाँधेको अवस्थामा घरभित्रै भेटियो महिलाको शव

भद्रपुर :  झापामा एक महिला आफ्नै घर भित्र मृत फेला परेकी छन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

गौरादह नगरपालिका १ बस्ने ६५ वर्षीय मनमाया भण्डारी आफ्नै घरमा मृत भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

याे पनि पढ्नुस  हेल्मेट नलगाउनेले पेट्रोल नपाउने

‘अहिले हामी घटनास्थलमा छौं,’ एसपी कोइरालाले भने, ‘महिलाको शव वरिपरि रगतैरगत छ, उनको दुवै हात पछाडिबाट बाँधिएको देखिन्छ ।’

प्रहरीका अनुसार मृतक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घटना भएको हो । श्रीमान् दिउँसो साढे ४ बजे घर फर्किदा श्रीमतीको शव खाटमुनि लडिरहेको अवस्थामा देखेपछि भीमले प्रहरीलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस्