अर्घाखाँचीमा पहिरो जाँदा ३ सय घर जोखिममा

अर्घाखाँची : लिल्लाको शीतगङ्गा नगरपालिका-११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ ।

वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ ।

याे पनि पढ्नुस  अर्घाखाँचीका सिडिओ र सहायक सिडिओमा कोरोना पुष्टि

सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिराबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ ।

घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

याे पनि पढ्नुस  अर्घाखाँची दुर्घटना अपडेटः १९ को मृत्यु, १७ घाइते

उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ ।

 

कमेन्ट गर्नुहोस्