मुम्बईविरुद्ध पनि चलेन कप्तान कोहलीको ब्याट

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध पनि आरसीबीका कप्तान विराट कोहली सस्तैमा आउट भएका छन् ।

उनी आज १२.२ ओभरमा ११ बलमा ३ रन बनाएर आउट भए ।

कप्तान कोहलीलाई राहुल चाहरले क्याच आउटको सिकार गरे । जारी सिजनमा विराट लयमा देखिएका छैनन् ।

याे पनि पढ्नुस  चर्किदै विराट र रोहितको द्धन्द्ध, श्रीमति पनि उत्रिए विवादमा

उनी पहिलो खेलमा १४ र दोस्रो खेलमा १ रनमै आउट भएका थिए । आज आरसीबीले टस हारेर ब्याटिङको मौका पाएको छ ।

कमेन्ट गर्नुहोस्