आइपीएल : आरसीबीले दियो मुम्बईलाई २०२ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को १० औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई २ सय २ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल अब ६० दिनसम्म चल्ने, राति पनि म्याच !

उसका लागि तीन खेलाडीले अर्धशतक बनाए । मुम्बईविरुद्ध आज एबी डिभिलियर्सले अविजित ५५, देवदत्त पाडीक्कलले ५४, आरोन फिन्चले ५३, कप्तान विराट कोहलीले ३ र शिवम् दुबेले नटआउट २७ रन बनाए ।

बलिङमा मुम्बई टिमका ट्रेन्ट बोल्टले २ र राहुल चाहरले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्