उपचारपछि नर्वेका राजा हेराल्ड बिरामी बिदामा बस्ने

ओस्लो : नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता बिरामी बिदामा बस्ने  भएका छन् ।

गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।

अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।’

याे पनि पढ्नुस  नर्वेमा बन्यो विश्वकै अग्लो काठको टावर !

२९ वर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रबार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

हेराल्डलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनमा कोभिड-१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ ।

उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।

याे पनि पढ्नुस  नर्वेमा बन्यो विश्वकै अग्लो काठको टावर !

सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका हेराल्ड युवाअवस्थामा जलक्रिडामा रमाउने गर्दथे । राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतीकका रूपमा हेर्छन् ।

उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । हेराल्डलाई जनवरीमा पनि चक्कर लागेपछि अस्पतालमा एक हप्ता राखिएको थियो ।

याे पनि पढ्नुस  नर्वेमा बन्यो विश्वकै अग्लो काठको टावर !

करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।  एजेन्सी

कमेन्ट गर्नुहोस्