आइपीएल : रोमाञ्चक ‘सुपर ओभर’मा आरसीबी विजयी

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध ‘सुपर ओभर’मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विजयी भएको छ ।

‘सुभर ओभर’मा आरसीबीले पाएको ८ रनको लक्ष्य निर्धारित ६ बलमा विनाविकेट पूरा गर्न सफल भयो । उसका लागि एबी डिभिलियर्सले ६ र विराट कोहलीले २ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलमा विराटको टिमको विजयी सुरुवात

आरसीबीले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा २ सय १ रन बनाएपछि खेल ‘सुपर ओभर’मा धकेलिएको थियो ।

उसका लागि इशान किसनले ९९, किरण पोलार्डले अविजित ६०, क्विन्टन डिककले १४, हार्दिक पाण्ड्याले १५ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएल अब ६० दिनसम्म चल्ने, राति पनि म्याच !

बलिङमा आरसीबीका युजवेन्द्र चहल, एडम जम्पा, वासिङटन सुन्दरले एक/एक र इशरु उडाले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनायो ।

उसका लागि तीन खेलाडीले अर्धशतक बनाए । मुम्बईविरुद्ध आज एबी डिभिलियर्सले अविजित ५५, देवदत्त पाडिक्कलले ५४, आरोन फिन्चले ५३, शिवम् दुबेले नटआउट २७ र कप्तान विराट कोहलीले ३ रन बनाए ।

कमेन्ट गर्नुहोस्