‘धारामा पानी भर्न गएकी बालिकाको मुख थुने, अनि खेतमा लगेर बलात्कार गरे’

रौतहटः धारामा पानी भर्न गएकी बालिकाको मुख थुनेर खेतमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–१ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय ईन्दल दाश रहेका छन् । दाशले सोमबार राति ९ बजे सोही टोलकी एक १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबि रावलका अनुसार कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेका थिए ।

याे पनि पढ्नुस  कारागारबाट भागेका कैदी डेढ दशकपछि पक्राउ

पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएपछि बुबाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी ईन्दल दाशलाई सोमबार राती १२ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका ईन्दलमाथी जबरजस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रावलले बताए ।

कमेन्ट गर्नुहोस्