१५१३ संक्रमित थपिए, ७३१ जना मात्रै डिस्चार्ज

काठमाडौंः नेपालमा थप १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१९१ जनाको पीसीआर परीक्षण गर्दा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

याे पनि पढ्नुस  राजधानीमा सोमबार ३ जनाको मृत्युः कोरोनाको आशंका, रिपोर्ट आउन बाँकी

पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । देशभर सक्रिय संक्रमित संख्या २० हजार ३९६ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध सक्रिय ९८ वर्षीय यी डाक्टर; करोडौं मृत्यु भएको स्पेनिश फ्लूका थिए साक्षी

पछिल्लो २४ घण्टामा १० जनाको मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ४९१ पुगेको छ ।

 

 

कमेन्ट गर्नुहोस्