भारतले गिलगित-बल्तिस्तानलाई लिएर पाकिस्तानको विरोध गर्‍यो

काठमाडौंः भारतले गिलगित-बल्तिस्तानमा चुनाव गराउने पाकिस्तानको कोसिसमाथि आपत्ति जनाउँदै पाकिस्तानले यस क्षेत्रमा गैरकानुनी रुपमा कब्जा गरेको बताएको छ ।

भारतको विदेश मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘यस वर्ष १५ नोभेम्बरमा गिलगित–बल्तिस्तानमा विधान सभा चुनावको घोषणाको बारेमा हामीले खबर देखेका छौँ र हामी पाकिस्तान सरकारको यो घोषणाको विरोध गर्छौँ ।’

याे पनि पढ्नुस  भारतमा ७ दिनसम्म बैंक बन्द हुने, यस्तो छ कारण

भारतले भनेको छ, केन्द्र शासित प्रदेश जम्मू-कश्मीर र लद्दाख तथा गिलगित-बल्तिस्तानको कथित क्षेत्र सन् १९४७ भएको भएको सम्झौताअनुसार भारतको अभिन्न हिस्सा हो । भारत यस क्षेत्रमा भौतिक परिवर्तन गर्ने सबै कोसिसको विरोध गर्छ र यस क्षेत्रमा पाकिस्तानले गैरकानुनी रुपमा कब्जा गरेको हो भन्ने एक पटक फेरि भन्न चाहन्छौँ ।’

याे पनि पढ्नुस  भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

यसअघि पाकिस्तानको सर्वोच्च अदालतले यस क्षेत्रमा चुनाव गर्न अनुमति दिएको थियो ।

बेलायतबाट स्वतन्त्र हुनुअघि गिलगित-बल्तिस्तान जम्मू-कश्मीर प्रान्तको अङ्ग थियो तर सन् १९४७ पछि यसमा पाकिस्तानको नियन्त्रण रहँदै आएको छ ।

पाकिस्तान जम्मू-कश्मीरलाई विवादित क्षेत्र मान्ने गर्छ र संयुक्त राष्ट्र सङ्घको प्रस्ताव भन्दै त्यहा जनमत सङ्ग्रह गराउनुपर्ने माग गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्