काेराेनाकाे जाेखिमका बीच उपत्यकामा भिडभाड बढ्यो

काठमाण्डौं: कोभिड-१९ को जोखिमका बीच काठमाण्डौं उपत्यकामा भिडभाड बढ्न थालेको छ । गाडीसँगै यात्रु र बजार, पसलमा उपभोक्ताको भिड बढेको छ ।

लामो दूरीका सार्वजनिक गाडी चल्न थालेसँगै काठमाण्डौं उपत्यकामा गाडीको आवागमनसमेत बढेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा मानिस र गाडीको चाप बढेसँगै कोभिड-१९ को जोखिम थप बढेको छ ।

याे पनि पढ्नुस  लकडाउनको ७१ औं दिन, उपत्यकाको सडकमा जाम (तस्बिर)

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार गाडी उपत्यका भित्रिने र त्यही हाराहारीमा बाहिरिने गरेको छ । मङ्गलबार उपत्यकामा चार हजार ५ सय ८३ गाडीमा १९ हजार नौ सय यात्रु भित्रिएका छन् । यस्तै चार हजार ६ सय ९८ गाडीमा २० हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । काठमाण्डौं उपत्यकामा जोर–बिजोर प्रणालीमा गाडी चलिरहेका छन् ।

याे पनि पढ्नुस  उपत्यकामा ह्वात्तै बढ्यो कोराना, यी हुन् बढी जोखिम क्षेत्र

सार्वजनिक गाडीमा पनि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न भनिएको छ । तर यो नियमको पूर्णरुपमा पालना भने हुन सकेको छैन ।

यात्रुसँग बढी भाडा लिने सार्वजनिक गाडीले पूरै सिटमा यात्रु राख्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीले अहिले यस्ता गाडीलाई सम्झाइ-बुझाइ गरेर मात्र छोड्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्