सम्झना कामीका हत्या आरोपी सार्वजनिक

बझाङ : प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सीताको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

याे पनि पढ्नुस  सम्झना हत्याकाण्ड : अभियुक्त सार्वजनिक, प्रमाण बोले पनि बोलेनन् आरोपित

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

कमेन्ट गर्नुहोस्