हैदराबादविरुद्ध बलिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमै

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबादसँगको खेलमा पनि दिल्ली क्यापिटल्समा आवद्ध सन्दीप लामिछाने प्लेइङ-११ मा अटाउन असफल भएका छन् ।

उनी लगातार तेस्रो खेलमा दिल्लीको प्लेइङ-११ मा अटाउन असफल भएका हुन् । आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा एनरिक नोर्किया, शिमरोन हेटमायर, मार्कस स्टोइनिस र कागिसो रबाडालाई प्लेइङ-११ मा मौका दिएको छ ।

याे पनि पढ्नुस  सन्दीप लामिछानेको नयाँ गीत ‘रुम नम्बर २५’ सार्वजनिक (भिडियोसहित)

आज दिल्लीले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले आवेश खानको स्थानमा इशान्त शर्मालाई प्लेइङ-११ मौका दिएको छ ।

आज दिल्लीले टस जितेर बलिङ रोजेको छ ।

जारी सिजनमा दिल्लीले सुरुवातका दुबै म्याचमा जित हासिल गरेको छ । हैदराबादले भने लगातार दुई खेलमा हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  सीपीएलः सन्दीले एकै ओभरमा लिए महत्वपूर्ण २ विकेट

दिल्ली पहिलो खेलमा किंग्स इलावेन पञ्जाब र दोस्रो म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराएर राम्रो लयमा देखिएको छ ।

यता हैदराबादले भने रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध पराजय ब्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्