कुवेतका शासक अमिरको निधन

कुवेत : कुवेतका शासक अमिर शेख सबा अल अहमद अल जबेर सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ ।

कुवेतको अस्पतालमा सफल सर्जरी पश्चात पुर्ण उपचारका लागि उनलाई २३ जुलाईमा अमेरिका लगिएको थियो ।

अब कुवेतको गद्दीमा उनका अर्की आमा पट्टिका भाइ राजकुमार शेख नवाफ अल अहमद अल सबाह अस्थाई रुपमा काम गर्ने बताइएको छ । उनी पनि ८३ वर्षका छन् ।

याे पनि पढ्नुस  पोखराका प्रेम गुरुङको कुवेतमा मृत्‍यु

अमिरलाई आधुनिक कुवेतको विदेश नीतिका वास्तुकारका रूपमा चिनिन्छ ।

कमेन्ट गर्नुहोस्