बहिनीलाई बजार पठाएर दिदीमाथि बलात्कार

सप्तरी : बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरीबाट एक जनालाई पक्राउ गरिएको छ ।

घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका-१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  सुन चोरीको आरोपमा ३ जना पक्राउ

पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतारहतार पेन्ट लगाएर भागेको बताइन्।

बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरूपमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्