काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो ।
उसका लागि जोनि बेयरिस्टोले ५३, कप्तान डेविड वार्नरले ४५, केन विलियम्सनले ४१ र अब्दलु समदले अविजित १२ रन बनाए ।
बलिङमा दिल्ली टिमका अमित मिश्रा र कागिसो रबाडाले २/२ विकेट लिए ।
जारी सिजनमा दिल्लीले सुरुवातका दुबै म्याचमा जित हासिल गरेको छ । हैदराबादले भने लगातार दुई खेलमा हारको सामना गरेको छ ।
दिल्ली पहिलो खेलमा किंग्स इलावेन पञ्जाब र दोस्रो म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराएर राम्रो लयमा देखिएको छ ।
यता हैदराबादले भने रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध पराजय ब्यहोरेको छ ।