भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

नयाँदिल्ली : भारतीय उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । उपराष्ट्रपतिको कार्यालयले ट्वीट गर्दै नायडूलाई संक्रमण देखिएको पुष्टि गरेको हो ।

७१ वर्षीय नायडूमा संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका छन् । नायडूको श्रीमती उषा नायडूको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी भने सेल्फ आइसोलेसनमा छिन् ।

कमेन्ट गर्नुहोस्