आईपीएल : दिल्लीलाई हराउँदै हैदराबादले खोल्यो जितको खाता

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ ।

आज दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै हैदराबादले पहिलाे जित हासिल गरेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  सन्दीपआवद्ध दिल्लीमा एक बलर घटे, ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो

उसका लागि शिखर धवनले ३४, ऋषभ पन्तले ३२, शिमरोन हेटमायरले २१, मार्कस स्टोइनिसले ११ रन बनाए । बाँकी ब्याट्सम्यानको भने सम्झनलायक प्रदर्शन रहेन ।

बलिङमा हैदराबादका राशिद खानले उत्कृष्ट प्रदर्शन गरे । उनले आज ४ ओभरमा १४ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

याे पनि पढ्नुस  मलिंगाले आइपीएल नखेल्ने

त्यस्तै, भवनेश्वर कुमारले २, टी नटराज र खलिल अहमद एक/एक विकेट बाँडे ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले दिल्लीलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर हैदराबादले १ सय ६२ रन बनायो ।

याे पनि पढ्नुस  दिल्ली क्यापिटल्सले गर्‍यो सन्दीपको प्रशंसा

उसका लागि जोनि बेयरिस्टोले ५३, कप्तान डेविड वार्नरले ४५, केन विलियम्सनले ४१ र अब्दलु समदले अविजित १२ रन बनाए ।

बलिङमा दिल्ली टिमका अमित मिश्रा र कागिसो रबाडाले २/२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्