आज धेरै राशीले सतर्क हुनुपर्ने, पढ्नुस आजको राशीफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १४ गते बुधबार इश्वी सन २०२० सेप्टेम्बर ३० तारीख अधिक आश्विन शुक्लपक्ष चतुर्दशी तिथी पुर्वभाद्रपदा नक्षत्र गण्ड योग गर करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा पद्य योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु

मेष-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ ।

बृष- (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

याे पनि पढ्नुस  आज बिहीबार तपाईको भाग्यफल कस्तो छ ? हेर्नुस् राशिफल

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ ।

कन्या- (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य शुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

याे पनि पढ्नुस  कस्तो बित्दैछ आज तपाइँको दिन? यस्तो भन्छ राशिफल

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । बिद्या प्राप्ति को योग रहेको छ ।सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

बृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु-  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ । अरुकै पछी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

याे पनि पढ्नुस  आज दुई ग्रहको राशि परिवर्तन हुँदै, मेष, कर्कटको सबैभन्दा राम्रो, थाहा पाउनुस् अन्य राशीमा प्रभाव

मकर –  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिह? प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ । साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरीने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुन अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

मीन – (दी, दु, थ, झ,ञ, दे, दो, च, ची) भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेकोछ । व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन् । बिद्यामा समय दिए अनुशार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।

कमेन्ट गर्नुहोस्