चार दिनपछि बिग बोस-14 शुरु हुँदै, को को छन् त यसपालिका प्रतियोगी ?

काठमाडौं । भारतीय चर्चित रियालिटी शो बिगबोसको यो वर्षको संस्करणको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

यसपालीको बिगबोस कोरोना महामारीको संकटबीच हुन गइरहेको हो ।

बिगबोसको यस संस्करणको होस्ट पनि सलमान खानले नै गर्ने भएका छन् ।

सलमान खानले एउटा मिडियामा दिएको अन्तर्वार्ता अनुसार, यो पटकको बिगबोस इतिहासकै एकदम नयाँ हुने छ । यद्यपी यो के हो भन्ने कुरा उनले खुलाएनन् ।

याे पनि पढ्नुस  बिग बोस–१४ को घोषणा, ३ अक्टुबरमा प्रिमियर

आयोजकका तर्फबाट अहिलेसम्म बिगबोसको दुईवटा भिडियो सार्वजनिक गरिएको छ ।

चारदिन पछि उदघाटन हुने बिगबोसमा यसपटक पनि बिभिन्न क्षेत्रका सेलिब्रेटीहरु सहभागी हुने बताइएको छ ।

अहिलेसम्म सार्वजनिक भएका नामहरु यस्ता छन्
जस्मिन भसीन
स्नेहा उल्लाल
रुबिना दिलैक
अभिनव शुक्ला
पवित्रा पुनिया
निक्की तमबोली
एजाज खान
निशान्त सिंह मलकानी
सारा गरपाल
गिया मानेक
राहुल वैधा
शहजाम देओल
जान कुमार सानु
राधे माँ
नैना सिंह
करन पटेल
यद्यपी यी नामहरुमध्ये पहिलो चरणमा को को भित्र जानेछन भन्ने पनि रहस्य नै राखिएको छ ।

कमेन्ट गर्नुहोस्