ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस

एजेन्सी, असोज १४ । संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ।

ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको थियो।

बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्।

त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ।

अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस भएको छ ।

बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उँचो श्वर गरेर हकार्नु परेको थियो ।

ट्रम्पले कतिपय सन्दर्भमा प्रतिष्पर्धीप्रति सामान्य शिष्टाचारसम्म पनि देखाउनु भएन र टिभी बहसकै ‘सट अप’ चूप लाग् समेत भन्नुभएको टिप्पणी समाचार संस्थाहरुले गरेका छन् ।

याे पनि पढ्नुस  ट्रम्प मेरो पछाडी पागल थियोः अभिनेत्री क्रिश्टन स्टुअर्ट

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर लेख्छन्-

यदि यस बहसबाट ट्रम्पले अमेरिकीहरूलाई केही सन्देश दिन चाहन्थे भने त्यो ‘देशले झेलेका समस्याहरू समाधान गर्न बाइडनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झण्डै आधा शताब्दी समय थियो’ भन्ने हो।

ती समस्याहरू अमेरिकामा अझै छन् भन्ने उक्त भनाई रहेको भिडि‌ओको अंश बहस जारी रहेकै बेला राष्ट्रपतिको ट्विटरबाट प्रेषित गरिएको थियो।

ट्रम्पले बाइडनलाई भने: “मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले गरेको छु।” बाइडनको जवाफ पछि बहसमा देखिएको थियो।

उनले भनेका थिए: “यी राष्ट्रपति अन्तर्गत रहेर हामी कमजोर, रोगी, गरिब र थप विभाजित भएका छौँ।”

याे पनि पढ्नुस  ट्रम्पले भने, ‘संचारमाध्यम बेइमान बनिसकेका छन्’

अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको सिलसिलामा पहिलो टेलिभिजन बहस गरिएको हो । र यो निकै नै अस्वस्थ्य ‘चर्काचर्की’ मा पुगेर टुंग्गियो ।

खास मुद्दामाथि बहस गरेर र उम्मेदवारको धारणा सार्वजनिक हुने अपेक्षा गरेका अमेरिकीहरुलाई मंगलबारको बहसले निराश पारेको टिप्पणी भएको छ ।

बहसकर्ता विषयवस्तुमा भन्दा विपक्षी उम्मेदवारको जवाफ सुन्ने धैर्य नगर्ने र बीच बीचमा चर्को श्वरमा हकार्ने जस्तो शैली उत्रिएका थिए ।

इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र बिडेन, बारम्बार ट्रम्पको हस्तक्षेपले कार्यक्रमै भयो विवाद
रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचनको दौरानमा पहिलो पटक आमनेसामने हुनुभएको हो ।

टेलिभिजन बहसको सञ्चालन भने फक्स न्यूजका क्रिस वालसले गर्नुभएको थियो ।

याे पनि पढ्नुस  सुरु भयो ट्रम्पको अग्निपरीक्षाको घडी

बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतालगायतका विषयमा राखिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरुले यसलाई बहस नमानेर ‘झगडा’ जस्तो भएको र त्यसको कारण ट्रम्पको हस्तक्षेपकारी शैली कारक रहेको उल्लेख गरेका छन् ।

बाइडेनले मतदातालाई जसरी सहज हुन्छ त्यसैगरी मतदान गर्न अपिल गर्दै नतिजा जस्तो आए पनि स्वीकार्ने बताउँदा ट्रम्पले भने जस्तो परिणाम आए पनि स्वीकार्ने प्रतिबद्धतासम्म पनि जनाउनु भएन ।

अर्बौपतिका मालिक ट्रम्पले डेढ दशकयता दश वर्ष कर नै नतिरेको र तिरेको वर्ष पनि जम्मा ७५० डलर कर तिरेको भन्दै समाचार सार्वजनिक भएलगत्तै गरिएको टिभी बहसमा भने ट्रम्पले आफूले दशौँ लाख कर तिरेको दाबी गर्न भ्याउनुभयो ।

कमेन्ट गर्नुहोस्