गौतमविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौंः सत्तारुढ दल नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमविरुद्धको रिटमाथि आज संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको तथा गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।

याे पनि पढ्नुस  ‘ओलीले प्रचण्ड–नेपालको मोर्चा ध्वस्त पार्न क्षेप्यास्त्र हानेको हो, त्यसले काम गर्दैन’

उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा बुधबार सुनुवाई हुँदैछ ।

गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

याे पनि पढ्नुस  नेकपाले कसरी टुंगो लगाउँदै छ तल्ला कमिटी ?

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्