कर्मचारीमा कोरोना संक्रमणपछि श्रम स्वीकृति बन्द

काठमाडौंः वैदेशिक रोजगार कार्यालय ताहाचलका एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमण देखा परेपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताए ।

एक जनाकर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु कर्मचारीको पनि पीसीआर परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको महानिर्देशक दहालले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालगञ्जका पहिलो संक्रमितका सबै परिवारको रिपोर्ट आयो

 

कमेन्ट गर्नुहोस्