कपिलवस्तुमा कोरोना संक्रमित महिलाको मृत्यु

कपिलवस्तुः एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभुमी–१ की ५० वर्षीया महिला रहेकी छन् ।

उनको युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा उपचारको क्रममा बुधबार बिहान ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक महिला लामो समयदेखि मधुमेह तथा उच्च रक्तचाप समेतको उपचार गराइरहेकी थिइन् ।

याे पनि पढ्नुस  ट्रम्पको दाबीः कोरोनाका कारण मृत्युमा चीन पहिलो स्थानमा

योसँगै कपिलवस्तुमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्