काठमाडौंः नेपालमा थप १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गर्दा १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
बुधबार उपत्यकामा मात्रै ९०२ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा ६९७ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १०५७ जना डिस्चार्ज हुँदा ७ जनाको मृत्यु भएको छ । मंगलबार देशभर सक्रिय संक्रमित संख्या २० हजार ८९१ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ ।
बुधबार ५७ जिल्लामा संक्रमित थपिएका छन् ।