वामदेव गौतमको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, भोलि अर्को सुनुवाइ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ र अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।

आजको सुनुवाइमा महान्यायाधिवक्ता र निवेदकका तर्फबाट वहस भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देबेन्द्र ढकालले बताए ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठकअघि ओली–प्रचण्ड भेट, होला त पुनर्गठन ?

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा, तथा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहेका छन् ।

कमेन्ट गर्नुहोस्