आइपीएल : केकेआरविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

आज दुबै टिमले अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेकाे छ । जारी सिजनमा राजस्थान राम्रो लयमा देखिएको छ । उसले सुरुवातका दुबै म्याच लगातार जितेको छ ।

याे पनि पढ्नुस  आइपीएल २०२०ः यी हुन् आरसीबीले उपाधि जित्ने प्रमुख ४ आधार

यता केकेआरले भने दुई म्याचमा एकमा हार र एक खेलमा जित हासिल गरेको छ । पछिल्लो पाँच म्याचमा राजस्थानले एक खेलमा मात्र केकेआरलाई हराउन सफल भएको छ ।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, श्रेयस गोपाल, टम कुरान, जोफ्रा आर्चर, अंकित राजपूत र जयदेव उनादकट ।

याे पनि पढ्नुस  आइपीएलः धोनीसहित सीएसकेका सबै खेलाडीको ‘स्यालरी’ (सूचीसहित)

केकेआरको प्लेइङ-११ : शुभमन गिल, सुनील नारायण, दिनेश कार्तिक (कप्तान), नीतीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, कमलेश नगरकोटी, प्याट कमिन्स, शिवम मावी, कुलदीप यादव र वरुण चक्रवर्ती ।

कमेन्ट गर्नुहोस्