दशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

जनकपुरधाम : यो वर्षको दशैँमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ ।

याे पनि पढ्नुस  डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्