प्रधानसेनापति थापाको पीसीआर नतिजा नेगेटिभ

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको नतिजा नगेटिभ आएको छ ।

प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सजगता अपनाउँदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्