अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने

काठमाडौं : यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ ।

विभागले आज सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ ।

याे पनि पढ्नुस  सार्वजनिक यातायात सञ्चालन गर्दै सरकार

सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभाग र ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्ने उल्लेख छ । सो व्यवस्थाको उल्लङ्घन भएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही हुने उल्लेख छ ।

संविधानअनुसार सवारी साधनको व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिइएको छ । एउटै पालिकाभित्रका सवारी साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको प्रदेश सरकार र दुई वा सोभन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ ।

याे पनि पढ्नुस  सार्वजनिक यातायातः सिटभरि यात्रु, छैन सुरक्षा

कमेन्ट गर्नुहोस्