३ देशको भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण सुरु गर्ने भएका छन् ।

अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।’

याे पनि पढ्नुस  पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

टोकियोमा रहेका बेला उनले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरूसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री माइकले उनीहरूसँग सहकार्य, एकआपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्ने जनाइएको छ ।

पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तय भएको अधिकारीले जनाएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्