आत्महत्या प्रयास गरेका कोरोना संक्रमितको मृत्यु

बुटवल : हँसियाको सहायताले आफैँले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् ।

असोज १२ गते घरमा आफैँले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए ।

याे पनि पढ्नुस  चितवनमा हालसम्म कोरोनाबाट २६ संक्रमितको मृत्यु

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकी सोही दिन युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएकोमा मंगलबार राति पौने १२ बजे मृत्यु भएको हो ।

मेडिकल कलेजमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजिटिभ आएको मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताए ।

कमेन्ट गर्नुहोस्