आईपीएल : केकेआरले दियो राजस्थानलाई १७५ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले राजस्थान रोयल्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

उसका लागि शुभमन गिलले ४७, आन्द्रे रसेलले २४, नितीश राणाले २२, सुनिल नारायणले १५, प्याट कमिन्सले १२ र इओन मोर्गले अविजित ३४ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएलः प्याट कुमिन्सले रचे इतिहास, सर्बाधिक महँगो मूल्यमा बिक्री

बलिङमा राजस्थान टिमका जोफ्रा आर्चरले २, टम कुरान, राहुल तेवटिया, जयदेव उनादकट र अंकित राजपूतले एक/एक विकेट लिए ।

आज दुबै टिमले अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेकाे छ । जारी सिजनमा राजस्थान राम्रो लयमा देखिएको छ । उसले सुरुवातका दुबै म्याच लगातार जितेको छ ।

याे पनि पढ्नुस  आइपीएल : मुम्बईविरुद्ध चेन्नइले सस्तैमा गुमायो २ विकेट

यता केकेआरले भने दुई म्याचमा एकमा हार र एक खेलमा जित हासिल गरेको छ । पछिल्लो पाँच म्याचमा राजस्थानले एक खेलमा मात्र केकेआरलाई हराउन सफल भएको छ ।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, श्रेयस गोपाल, टम कुरान, जोफ्रा आर्चर, अंकित राजपूत र जयदेव उनादकट ।

याे पनि पढ्नुस  कस्तो बन्यो आइपीएल २०२० खेल्ने केकेआरको टिम?

केकेआरको प्लेइङ-११ : शुभमन गिल, सुनील नारायण, दिनेश कार्तिक (कप्तान), नीतीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, कमलेश नागरकोटी, प्याट कमिन्स, शिवम मावी, कुलदीप यादव र वरुण चक्रवर्ती ।

कमेन्ट गर्नुहोस्